सौगात र सृष्टिको खुलेआम लभ–अफियर्स
काठमाडौ। बहुचर्चित चलचित्र लुटका हाकु काले उपनामवाट चर्चित अभिनेता सौगात मल्ल चलचित्र गाजलुकी कुमारी नामले चिनिएकी पूर्वमिस नेपाल एवम् अभिनेत्री सृष्टि श्रेष्ठको लभ अफियर्सको कुरा घामजस्तै छर्लङ्ग हुन थालेको छ।
दुवैले दुवैलाई मन पराउने गरेको र दुवै वीच लभ अफियर्स रहेको दुवैले खुलेआम भन्न थालेका छन्। सौगातले बेला–बेलामा सृष्टिसँगको लभ अफियर्सका बारेमा खुलासा गर्ने गरेतापनि सृष्टि भने यस विषयमा मौन बस्दैआएकी थिइन्।
यो बर्षको भ्यालेन्टाइन–डेमा भने सृष्टिले मुख खोलेकी छन्। भ्यालेन्टाइन–डेका दिन सौगातको वीस आउंदा आफूलाई अत्यन्त खुशी लागेको भन्न चुकेकी छैनन्। लुट फिल्मवाट डेब्यु गरेका सौगात र गाजलुवाट डेब्यु गरेकी सृष्टि वीचको लभ अफियर्सले कलिउड रंगिएको छ।
दुवैवीचको यो लभ अफियर्सले कतिको मूत्र्तरुप पाउने हो या होइन ? त्यो भोलिको समयले नै भन्नेछ।

प्रकाशन मिति–२०७३ साल फागुन १६ गते सोमवार ।