विकास आयोजनाको अवस्थमा सुधार आएको एडीवीको दावी

काठमाडौं, १६ फागुन । एसियाली बिकास बैंक (एडीबी) ले आफ्नो सहयोगमा सञ्चालित विकास आयोजनाको कार्यान्वयन पक्ष सन् २०१६ मा सुध्रिएको जनाएको छ । एडीबीले आयोजना गरेको त्रिपक्षिय पोर्टफोलियो समिक्षा कार्यक्रममा अर्थ मन्त्रालयका सचिव शान्त राज सुवेदी र एडिवीका दक्षिण एशियाली क्षेत्र हेर्ने उपमहानिर्देशक द्धिवेस सरणले अघिल्लो बर्षको तुलनामा आयोजनाको कार्यान्वयन स्थितिमा शुधार आएको वताएका हुन् ।
त्यसक्रममा एसियाली विकास बैंकका देशिय निर्देशक किनिची योकोयामाले आयोजना प्रमुखहरु दलीय भागबण्डा भन्दा पनि कार्यक्षमताका आधारमा चयन हुनुपर्ने बताए । उनले दलिय भागबण्डाकै कारण नेपालका विकासका आयोजनाहरु समयमै सम्पन्न हुन नसकेको वताए ।
आयोजनाका प्रमुखहरु दलीय पहुँच (भागवण्डा)का आधारमा चयन हुने गरेको भन्दै उनले यसले यसलाई रोक्न र कार्यक्षमताको आधारमा जिम्मेवारी दिन आग्रह गरे । समिक्षा कार्यक्रममा योकोयामालेसमयमा काम सम्पन्न गर्नको लागि तथाकथित भागबण्डाको आधारमा आयोजनामा कर्मचारी चयन गर्ने काम जसरी भएपनि रोक्नुपर्ने आँचो औंल्याए ।
उनले विकास आयोजना सफल पार्न आयोजना प्रमुखको मूख्य भूमिका रहने भन्दै यसमा दलीय भागबण्डा हुन नहुने बताए । स्थानीयको माग तथा खरिद सम्झौताका कारण पनि आयोजना समयमै सम्पन्न गर्न कठिन भएको उनको भनाई छ । उनका अनुसार बिगतका बर्षहरुको तुलनामा विकासका आयोजनाहरुको कार्यप्रगतीमा केही सुधार देखिएको छ । तर, यो लक्ष्य अनुसार भने छैन ।
त्यसक्रममा अर्थमन्त्रालयका सहसचिव एवं वैदेसिक हसायेग समन्वय महाशाखा प्रमूख बैकुण्ठ अर्यालले आयोजना सुरु गर्नुअघि आवश्यक तयारी नभएको बताए । समयमै सम्पन्न नभएका आयोजनाहरुको अध्ययन गर्दा निर्माण सुरु गर्नुअघि आवश्यक तयारी नभएको देखिएको उनको भनाई छ ।
अयोजना निर्माणका क्रममा जग्गा खरिदमा स्थानीयहरुको समस्या अहिलेपनि जस्ताको तस्तै रहेको र आयोजना सुरु गर्नुअघि स्थानीयको समस्या सल्टाउन आवश्यक तयारी हन नसकेको सहसचिव अर्यालले वताए ।
विभिन्न आयोजनाका ठेक्का लिएका ठेकेदार आफैले काम नगरी अन्यलाई दिने चलन अझै छ । एक कम्पनीले आयोजना हात पारेको भएपनि निर्माणको जिम्मा भने अर्कै कम्पनी वा ठेकोरलाई सुम्पिने परिपाटी पनि छ । वातावरणीय प्रभाव मूल्यांकन र ठेकेदारबीचको अस्वस्थ प्रतिस्पर्धाका कारण पनि विकासका आयोजनाहरु समयमै सम्पन्न हुन नसकेको उनको भनाइ छ ।
एडिवीले यसअघि आफ्नो सहयोगमा सञ्चालित आयोजनाको कार्यान्वयन स्थिति अत्यन्तै कमजोर रहेको जनाउँदै आएको थियो । उसले यसपटक भने समग्र अवस्था राम्रो रहेको जनाएको हो ।
कार्यक्रममा मेलम्ची खानेपानी आयोजनालाई बर्षको उत्कृष्त आयोजनाकारुपमा सम्मान गरियो । यस्तै काठमाडौं उपत्यका खानेपानी वितरण आयोजनापनि उत्कृष्टको सूचिमा परेको थियो ।