राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार काठमाडौंको लैनचौरस्थित आफ्नै निवासमा घिमिरेको मंगलबार साँझ निधन भएको हो।
वि।सं। १९७६ असोज ७ गते लमजुङको पुस्तुन भन्ने स्थानमा जन्मिएका घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको हो।
राष्ट्रकविको उपाधि पाएका घिमिरेले नेपाली भाषा र साहित्यमा उल्लेख्य योगदान गरेका छन्।
स्वर्गीय घिमिरेका स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीमा काव्यहरु सिर्जना भएका छन्।
नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख ९प्रबन्धजस्ता अनेकौं विधाउपविधाहरुमा घिमिरेले कलम चलाएका थिए। उनका नवमञ्जरी ९वि।सं। १९९४०, घामपानी ९वि।सं। २०१००, नयाँ नेपाल ९वि।सं। २०१३०, किन्नरकिन्नरी ९वि।सं। २०३३० जस्ता कवितासङ्ग्रह छन्। ‘गौरी’ उनको चर्चित खण्डकाव्य ९शोककाव्य० हो।
चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’देखि ‘फूलको थुङ्गा बगेर गयो’, ‘आजै र राति के देखेँ सपना’जस्ता गीतहरुको घिमिरेले रचना गरेका थिए। उनका गीतहरुमा स्वरसम्राट् नारायणगोपालदेखि तारादेवी सम्मले स्वर दिएका छन्। उनी वि।सं। २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहेका थिए।