५५ दिने म्यादी प्रहरी बन्न हजारौँ युवायुवतीले भर्ना फाराम भरे
काठमाडौँ । ५५ दिने म्यादी प्रहरी बन्न देशभरका हजारौँ युवायुवतीले भर्ना फाराम भरेका छन् । स्थानीय तह निर्वाचन सुरक्षाका लागि सरकारले देशभर खुलाएको म्यादी प्रहरी भर्ना अभियानको म्याद आज सकिँदै छ । आगामी २०७४ वैशाख ३१ गते हुने भनिएको निर्वाचनमा ७५ हजार म्यादी प्रहरीलाई भर्ना लिने गृह मन्त्रालयले जनाएको छ । म्यादी प्रहरीले ५५ दिनको नियुक्ति पाउनेछन् । उनीहरुले नेपाल प्रहरीका जवानसरह तलबसुविधा बुझ्नेछन् ।
नेपाल प्रहरीको मानव स्रोत विकास विभागले चैत ११ देखि १७ गतेसम्ममा काठमाडौं, भक्तपुर, ललितपुरका प्रहरी परिसर र ७२ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन आह्वान गरेको छ । एक हप्ताको समयमा म्यादी प्रहरी बन्न देशभर युवा आकर्षण देखिएको गृहमन्त्रालयको भनाइ छ ।
चैत १७ गते ।