अन्तर्राष्ट्रिय कानुनविपरीत इजरायलव्दारा पश्चिमी किनारामा नयाँ बस्ती बनाउने निर्णय,प्यालेस्टाइनव्दारा कडा आपत्ति

 

इजरायल । इजरायलले अधिनस्थ वेस्ट ब्यांक क्षेत्रमा दुई दशक यता पहिलो पटक नयाँ बस्ती निर्माण गर्ने निर्णय गरेको छ।
प्यालेस्टिनी शहर नाब्लुस नजिकै त्यस्तो बस्ती निर्माण गर्ने निर्णय इजरायली मन्त्रिपरिषदको सुरक्षा समितिले लिएको हो।
प्यालेस्टिनी अधिकारीहरुले नयाँ बस्ती निर्माण योजनालाई भर्त्सना गरेका छन् र त्यसलाई रोक्न अन्तर्राष्ट्रिय तहबाट हस्तक्षेप गरिनुपर्ने माग गरेका छन्।
अघिल्लो महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बस्ती निर्माण स्थगन गर्न इजरायललाई भनेका थिए।
प्रधानमन्त्री नेतन्याहुले अमेरिकी सरकारसँग बस्ती निर्माण घटाउनेबारे सम्वाद गरिरहेको भनिएका बेला पछिल्लो घोषणा आएको हो।
इजरायली मन्त्रिपरिषदको सुरक्षा समितिको निर्णयलाई प्यालिस्टाइनले निन्दा गरेको छ।

चैत १८ गते ।