फ्लोरिकल्चरको अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न
काठमाडौं, १८ चैत । कृषि बिकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा १ दिने सेमिनार सम्पन्न भएको छ । पुष्प ब्यबशायमा आधुनिक प्रबिधीको प्रयोग विषयक सेमीनारमा १ सय १५ जना सहभागी रहेका थिए । उद्घाटनसत्रका प्रमुख अतिथी तथा कृषि तथा बन विश्वविद्यालयका भाइस चान्सलर डा. इश्वरी प्रसाद ढकालले फ्लोरिकल्चरका सम्भावना चुनौती बिश्लेषण गर्दै आधुनिक प्रबिधीको प्रयोगमा लाग्नु पर्ने बताए ।
यसैगरी सेमिनारका संयोजक डा. उमिद पुनले नेपाली पुष्प ब्यवशायले अन्य देशमा प्रयोगमा आएका प्राबिधीक ज्ञानलाई नेपाली फ्लोरिकल्चर क्षेत्रमा प्रयोग गर्न ढिला गर्न नहुने बिचार ब्यक्त गरे । सेमिनारमा पुष्प ब्यबशायमा आवद्ध ब्यबशायी, हर्टिकल्चर अध्ययनरत महेन्द्र रत्न मल्टिपल क्याम्सस इलाम, कृषि तथा बन विश्वबिद्यालय रामपुर चितवन, लमजुङ क्याम्पसमा बिएससी एजि अध्यनरत बिद्यार्थी, त्रिभुवन बिश्वबिद्यालय किर्तिपुरमा एमएससी अध्ययनरत बिद्यार्थी, हिकास्टमा अध्ययनरत बिद्यार्थी सहित नेपाल सरकारका सम्बन्धित निकायका प्रतिनिधीहरुले भाग लिएका थिए ।
कार्यक्रममा फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले नेपाल सरकार कृषि बिकास मन्त्रालय मार्फत आउने बजेज संघिय संरचना अनुसार बितरण हुने कार्यले भर्खर फस्टाउँदै गरेको यो ब्यबशायलाई फाइदा पुग्ने हो वा हैन हेर्न बाँकी नै रहेको बताए । कार्यक्रममा कृषि बिकास मन्त्रालयका उपसचिब शंकर सापकोटाले पनि आफ्ना बिचार ब्यक्त गरेका थिए । सेमिनारमा भारत, बंगलादेश, दक्षिण कोरिया, श्रीलंका, चीन लगायतका मुलुकबाट आएका प्रतिनिधीहरुले प्रबिधीका बारे छलफल गर्दै आफ्ना अनुभव आदान प्रदान गरेका थिए । यो सेमिनार अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पोको अबसर पारेर गरिएको हो ।