हेलिकोप्टर दुर्घटनामा ६ सैनिकको मृत्यु
एजेन्सी, १० असाेज । पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा ६ पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।
अफगानिस्तान र इरानको सीमा जोडिएको बलुचिस्तान प्रान्तको सहर खोस्ट नजिकै हेलिकप्टर खसेको थियो ।
‘उडान मिसनमा रहेको हेलिकप्टर आइतबार राति दुर्घटनामा परेको थियो ।
दुर्घटनामा सेनाका दुई मेजर (दुवै पाइलट) सहित छ जना कर्मचारीले शहादत प्राप्त गरेका छन्’ सेनाले एक विज्ञप्तिमा भनेका छन् ।
दुर्घटनाको बारेमा थप विवरण दिइएको छैन् । हेलिकोप्टर खसेको क्षेत्र बाढीबाट प्रभावित छैन ।
