माल्दिभ्समा जारी साबामा नेपालकाे पहिलाे जित
काठमाडाैँ, १२ असाेज । माल्दिभ्समा जारी रहेकाे साउथ एसियन बास्केटबल च्याम्पियनसिप (साबा)मा नेपालले पहिलो जित निकालेको छ।
राजधानी मालेमा मंगलबार राति सम्पन्न भएकाे खेलमा श्रीलंकालाई ५५-४९ ले पराजित गर्दे नेपालले प्रतियोगितामा जित निकालेको हाे ।
यसअघि पहिलो खेलमा नेपाल आयोजक माल्दिभ्ससँग पराजित हुँदा शीर्ष स्थानमा रहेको थियो।
प्रतियोगितामा ४ राष्ट्र सहभागी रहेका छन् । सन् २०१६ मा नेपालमा भएको प्रतियोगितामा श्रीलंका च्याम्पियन बन्दा नेपाल उपविजेता भएको थियो।
दक्षिण एसियाका चार राष्ट्रमात्र सहभागी प्रतियोगितामा नेपालले अन्तिम खेलमा भुटानसँग बुधबार खेल्ने छ।