भुर्जुङखोलामा माउन्टेन बाइक प्रतिस्पर्धा हुने

 

काठमाडौँ, २९ चैत । ‘भुर्जुङखोला जाउँ नव वर्ष मनाउँ’ भन्ने नाराका साथ कास्की जिल्लाको माछापुच्छ गाउँपालिकास्थित भुर्जुङखोलामा माउन्टेन बाइक प्रतिस्पर्धा तथा विविध सांस्कृतिक कार्यक्रमसहित नव वर्ष मेला, २०७४ मनाइने भएको छ ।

कास्की जिल्लाको उत्तरी भेकमा अवस्थित सो पर्यटकीय क्षेत्रमा गत वर्ष जस्तै यस वर्ष पनि पुरुष तथा महिला भलिबल प्रतियोगिता, सामूहिक नृत्य प्रतियोगिता तथा राष्ट्रिय कलाकारबाट लोक दोहोरी गीत, पप कन्सर्ट, झाँकी प्रदर्शनीलगायत अन्य साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम रहने आयोजक ग्रीन फोर्स युवा क्लबका अध्यक्ष राम गुरुङले जानकारी दिनुभयो ।

सो मेला २०७४ वैशाख १ गतेदेखि ५ गतेसम्म चल्नेछ । मेलाले स्थानीयस्तरको पर्यटन प्रवद्र्धनमा उल्लेख्य टेवा पु¥याउने विश्वास लिइएको छ ।