धुर्मुस—सुन्तलीको प्रशंसनीय कार्य

 

महोत्तरी । वर्दिवास नगपालिका २ क्याम्पस रोडमा तयार गरिएको मुसहर बस्ती नयाँ वर्षको पहिलो दिनमामा स्थानीयलाई हस्तान्तरण गरिएको छ ।
महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले वस्ती स्थानीयलाई हस्तान्तरण गरिएको हो ।
धुर्मुस–सुन्तली फाउन्डेसनले तयार पारिदिएका ५४ वटा घर, एउटा सामुदायिक भवन, मुसहर वस्तीका लागि मन्दिर, भ्यु टावर, वाल उद्यान, भित्रि बाटो ढलानसहित नयाँ वर्षको अवसर पारेर हस्तान्तरण गरियो ।
धुर्मुस–सुन्तलीको यो कार्यलाई स्थानीयले खुलेर स्वागत गरेका छन् । स्थानीय मन्जे सदाल भने– “धुर्मुस सुन्तली आएर हाम्रो जुनी फेरिदिए, हामीले यो कुरा कहिले पनि विर्सने छैनौं ।”
सीताराम कट्टेल धुर्मुसले भने अब घरमात्रै बनाइदिएर मुसहर वस्तीको विकास नहुने देखिएकाले सीपमूलक तालिम दिएर आयआर्जनको बाटो सिकाउने पनि बताए ।
“अब सीप विकासमा लगाउनुपर्छ । घर मात्रै बनाइदिएर मात्रै हुँदैन,” उनले भने,“हामी सीपमुलक तालिम दिएर आयआर्जनको बाटोमा पनि लाग्न प्रेरित गर्छौं ।”

बैशाख १ गते ।

चैत ३१ गते ।