बन्ने भयो चलचित्र उज्यालो नेपाल
काठमाडौँ । लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र विगतमा भएका बेतिथि अब फिल्ममा उतारिएको छ । सरोज ओली निर्देशित छोटो फिल्म ‘उज्यालो नेपाल’ मा तिनै कथालाई विषयवस्तुकोरुपमा समेटिएको छ । प्राधिकरणका चर्चित पात्र कुलमानको भूमिकामा देखिएका छन् अभिनेता क्या। विजय लामा । राजेश हमाल भने बहालावाला ऊर्जामन्त्री जनार्दन शर्माको भूमिकामा छन् ।
निर्देशक ओलीले प्राधिकरणका विगतका बेथितिलाई गहिरो अध्ययन गरेर नै फिल्ममा उतारिएको बताए ।
फिल्मको कथा अभिमन्यु निरवीको रहेको छ । फिल्ममा राजेश हमाल, विजय लामासँगै गौरी मल्ल, अर्जुन श्रेष्ठ, नम्रता सापकोटा, निर्मल शर्मा, केशव भट्टराई, रबि शर्मा, विनोद राई, विष्णु बुढाथोकीलगायतका कलाकारको अभिनय छ ।
वैशाख ८ गते ।