नेप्सेमा निरन्तर तेस्रो कारोबार पनि उकालो लाग्यो

काठमाडाैं, १८ पुस । नेप्सेमा निरन्तर तेस्रो कारोबार पनि उकालो लागेकाे छ । यस दिन नेप्से परिसूचक १७.५६ अंक बढेर २०६३.८३ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.८८ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.६१ अंक बढेकाे छ ।

अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २५३ स्टकको ४८ हजार ५०३ पटकको कारोबारमा २ अर्ब ९६ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको ८२ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन अघिल्लाे दिनकाे भन्दा काराेबार रकम घटेकाे हाे ।

सोमबार ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ५५ स्टकको मूल्य घटेको छ। यद्यपि, यी स्टकहरुको गिरावटदर ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ । १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.५२ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन उपसमूहको करिब ३ प्रतिशत बढेको छ।