अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल

काठमाडौं, २२ चैत । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल शनिवार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए।

राष्ट्रपति पौडेल ३ दिनपछि निको भएर शीतल निवास फर्किएका हुन् ।

उनकाे उपचारमा संलग्न चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको छाती मुनि पेट र बाँया कोखा दुख्ने समस्या थियो।

राष्ट्रपति पौडेल यही चैत १८ गते पेटको समस्या भएर अस्पतल भर्ना भएका थिए ।