मेन्छियाम हाइड्रोपावरको आईपीओ आजदेखि खुल्याे

काठमाडाैं, ४ वैशाख । मेन्छियाम हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि आजदेखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेकाे हो।

कम्पनीले जारी पूँजीकाे ३० प्रतिशतले हुने आउने १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले १० प्रतिशत अर्थात ५ लाख ४२ हजार ५८३ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरि रित पुर्वक आवेदन प्राप्त ५ लाख ५ हजार ७८० कित्ता शेयर मात्रै वितरण भएको छ।

सर्वसाधारणले बाँकी रहेको ९ लाख ३४ हजार ९१५ कित्ता शेयरको लागि आवेदन दिन सक्नेछन्। सो आईपीओमा छिटोमा बैशाख ७ गते हुनेछ भने त्यस अवधिमा पार्यप्त आवेदन नपरे ढिलोमा बैशाख १९ गतेसम्म आवेदन खुल्नेछ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूणर् सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।