महावीर पुनको माग सरकारले भोलिसम्ममा पुरा गर्ने

काठमाडौं, १७ वैशाख । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनको माग सरकारले सोमबारसम्ममा पुरा गर्ने प्रतिबद्धता जनाएको छ ।

सरकार र पुनका तर्फबाट वार्ता टोली बनाउने र सोमबारभित्र सहमति गर्ने समझदारी बनेको हो ।वार्तामा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनसहित अन्य सहभागी रहेका छन् ।

शुक्रबारदेखि अनिश्चितकालीन धर्नामा बसेका पुनलाई अन्दोलनमा सांसदहरूले एक्यवद्दता जनाएपछि सरकारलाई चौतर्फी दबाब परेको थियो।

आइतबार सिंहदरबारमा भएको वार्तापछि पुनले सकेसम्म आज साँझसम्ममा सहमति खोज्ने र नभए भोलिसम्ममा सहमति जुटाएर माग पुरा गर्नेगरी वार्तागर्ने निर्णय भएको बताए ।

पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै धर्ना थालेका थिए ।