टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (तस्वीरहरू)

काठमाडौं, १५ जेठ । आज जेठ १५ गते १६औं गणतन्त्र दिवस सैनिक मञ्च (टुँडिखेल)मा भव्य कार्यक्रम गरि मनाइएकाे छ । नेपालमा गणतन्त्र स्थापना भएको दिनलाई दिवसकाे रूपमा मनाइदै आइरहेकाे छ ।

दिवसकाे दिन सुरक्षाकर्मीको कवाजका साथै विभिन्न झाँकीसहित शान्तिको प्रतीक परेवा पनि उडाएर मनाइएकाे छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति रहेको थियो । (तस्वीर श्राेत रासस)