पूर्व सांसद लिम्बूको निधनमा शोक प्रस्ताव पारित

 

काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकले पूर्व सभासद् एवम् पूर्व अर्थराज्यमन्त्री हरिराज लिम्बूको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

सभामुख ओनसरी घर्तीले पढेर सुनाउनु भएको पूर्व सभासद् लिम्बूको निधनप्रतिको शोकप्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

तत्कालीन नेकपा ९माओवादी० को तर्फबाट २०६४ सालको संविधानसभा निर्वाचनमा धनकुटा क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएका लिम्बूको असमायिक निधन भएकामा बैठकले गहिरो शोक प्रकट गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ ।

अठ्चालीस वर्षीय पूर्व सभासद् लिम्बूको यही साउन १३ गते धनकुटाको सिदुवाबजारमा बस दुर्घनामा परी निधन भएको थियो । लिम्बू हाल नेकपा ९माओवादी केन्द्र० का राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य हुनुहुन्थ्यो ।

साउन १७ गते ।