ठमेलमा आगलागी,दुई करोडभन्दा बढी क्षति

maitrinews

 

firing
काठमाडौँ । ठमेलको नरसिंह चोक नजिकै टेबहालमा आज बिहान लागेको आगो डेढ घन्टापछि नियन्त्रणमा आएको छ ।
लिलिमा कलेक्सन नामक फेन्सी पसलमा लागेको आगो जुद्ध वारुण यन्त्रका छ बारुणयन्त्र, सुरक्षा निकाय र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी निरीक्षक उमेश लम्सालले जानकारी दिनुभयो ।
प्रारम्भिक अनुसन्धानमा करेन्ट चुहिएर भएर आगलागी भएको र करिब रु दुई करोडको क्षति पुगेको अनुमान गरिएको उहाँले बताउनुभयो । घनाबस्तीका बीचमा लागेको आगो समयमै नियन्त्रणमा लिन सकिएका कारण ठूलो क्षति हुनबाट जोगिएको छ ।