प्रचण्डको म्यादी सरकारले भूकम्पपीडितलाई राहत दिन सक्दैन : भट्टराई

गोरखा । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रचण्ड सरकारले भूकम्पपीडितलाई राहत दिन नसक्ने दावी गर्नुभएको छ । नयाँ शक्ति पार्टीको सामाजिक संघसंस्था विभागले आज गोरखामा आयोजना गरेको गोरखा पुनर्निर्माण विषयक अन्तर्क्रियामा बोल्दै उहाँले सरकारले पीडितलाई उचित राहत दिन नसकेको बताउनुभयो । ‘सरकार पैसा छैन भनेर राहत दिन पछि हटन लागेको छ, भन्दै उहाँले दावी गर्नुभयो, ‘म नै भूकम्प पीडितका लागि भनेर १० खर्ब उठाउन सक्छु ।’
अन्तर्राष्ट्रिय समुदायसँग सकारात्मक कुराकानी भइरहेको भन्दै उहाँले १० खर्ब उठाउन सक्ने दाबी गर्नुभयो । ‘भूकम्प पीडितलाई ५र५ लाख दिए, ३ खर्ब भए पुग्छ, ‘बाँकी ७ खर्ब विकास निर्माण र ऐतिहासिक सम्पदाको पुनर्निर्माणमा खर्च गर्न सकिन्छ ।’ उक्त काम गर्न सरकारले जिम्मेवारी दिनुपर्ने समेत उहाँले बताउनुभयो ।
सरकारको अस्थिरता र निरिहताले भूकम्प पीडितले राहत पाउन सकेनन, म्यादी सरकारहरु फेरिँदै गए जनता सधैं आशैआशमा बस्नुपर्छ उहाँले भन्नुभयो ।
साउन ३२ गते ।