संविधान कार्यान्वयन हुन नदिने षडयन्त्रविरुद्ध एमालेले मोर्चावन्दी गर्दै

kp-oli-sharma

काठमाडौँ । संविधान कार्यान्वयन गर्न भनी पूर्ववर्ती ओली सरकारले ल्याएको कार्यतालिप्रति वर्तमान प्रचण्ड सरकार अनुदार देखिएकोमा विपक्षी दलहरुले आपत्ति जनाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी गरेको छ । एमाले नेताहरुले आज विपक्षी दलहरुको बैठक बोलाएर कार्यगत एकता गरेर अगाडि बढ्नेबारे छलफल गरेका छन् । सिंहदरवारमा भएको छलफलमा एमाले, राप्रपासहितका सात दलका नेताहरुको सहभागिता थियो ।
बैठकमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयन हुन नदिने परिस्थिति आउन सक्ने भन्दै देशलाई जोगाउन एकतावद्ध हुनुपर्नेमा जोड दिनुभयो । संविधान कार्यान्वयनका लागि अघिल्लो सरकारले ल्याएको कार्ययोजनालाई नयाँ सरकारले बेवास्ता गरेको विपक्षी दलहरुको आरोप छ ।
विपक्षी दलहरुको बैठकमा सरकारले गर्ने भनिएको संविधान संंशोधनबारे पनि छलफल भएको छ । बैठकमा सहभागी नेताहरुले मधेसमा खासै समस्या नभएको भन्दै कसैका लागि संविधान संशोधनमा सहभागी हुन नसकिने बताए ।

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भन्नुभयो, हिजो अन्तिमसमयसम्म सरकारमा भएका दलहरुलाई बोलाएका थियौं । संविधान संशोधन, स्थानीय निकाय लगायतका विषयमा छलफल भयो ।

भदौ ७ गते ।