अमेरिकी टेनिस खेलाडी सेरेनाले बनाइन् विश्व कीर्तिमान

 

Serena-Williams अमेरिका । अमेरिकी महिला टेनिस खेलाडी सेरेना विलियम्सले ग्रान्ड स्लाममा सबैभन्दा बढी खेल जित्ने विश्व कीर्तिमान बनाएकी छिन्।
अमेरिकाको न्युयोर्कस्थित फ्लसिङ मेडोस एरिनामा वर्षको अन्तिम ग्रान्ड स्लाम युएस ओपन खेलिरहेकी सेरेनाले स्विडेनकी जोहाना लार्सनलाई ६–२ र ६–१ ले पराजित गर्ने क्रममा चौथो चरणमा प्रवेश गरिन्। यो उनको ३ सय ७ औं ग्रान्ड स्लाम खेलको विजय थियो।
उनीभन्दा अघि ग्रान्ड स्लाममा सबैभन्दा बढी खेल जित्ने कीर्तिमान अमेरिकाकै मार्टिना नभराटिलोभाको नाममा थियो। मार्टिनाले ३ सय ६ वटा ग्रान्ड स्लामको खेल जितेकी थिइन्। आफ्नै देशकी अग्रज खेलाडीको कीर्तिमानलाई उछिन्ने क्रममा सेरेनाले पुरुषतर्फ सर्वाधिक खेल जित्ने स्विट्जरल्यान्डका रोजर फेडेररको कीर्तिमानलाई पनि बराबरी गरेकी हुन्।
फेडेररले पनि ग्रान्ड स्लाममा सेरेना समान ३ सय ७ खेल जितेका छन्। सेरेनाले पहिलो ग्रान्ड स्लाम उपाधि फ्लसिङ मेडोसमै सन् १९९९ मा जितेकी थिइन्। ३४ वर्षिय नम्बर एक महिला खेलाडी सेरेनाको यो २३ औं ग्रान्ड स्लामको एकल उपाधिको यात्रा हो।
यसपालि उनले युएस ओपन जित्न सफल भइन भने उनी टेनिसको ‘ओपन इरा’ मा सबैभन्दा सफल महिला खेलाडी मानिने जर्मनीकी स्टेफी ग्राफलाई पनि उछिन्न सफल हुनेछिन्। ग्राफले २२ औं ग्रान्ड स्लामको एकल उपाधि जितेकी थिइन्। सेरेना युएस ओपनको छैटौं विजेता पनि हुन्।