तबलावादक उपाध्यायको निधन

homnath

काठमाडौँ । सुविख्यात तबलावादक पण्डित होमनाथ उपाध्यायको निधन भएको छ। कलेजोमा क्यान्सर देखिएका उपाध्यायको दस दिनदेखि चाबहिलको ओम अस्पतालमा उपचार भइरहेको थियो। उहाँ ७२ वर्षको हुनुहुन्थ्यो।
‘एक महिनाअघि भाइलाई भेट्न मुम्बई गएका बेला छाती दुखेपछि उहाँले टाटा मेमोरियल क्यान्सर अस्पतालमा जँचाउनुभएको रहेछ,’ उपाध्याय परिवारका हितैषी पंकज नेपालले चिकित्सकको भनाइ उद्धृत गर्दै भन्नुभयो, ‘लिभरमा क्यान्सर भएको रहेछ, त्यो पनि फोर्थ स्टेजको। लिभर क्यान्सर उहाँमा वंशानुगत आएको रहेछ।’ भारतबाट फर्केपछि उनलाई ओममा भर्ना गरिएको थियो।