भारतीय गायक सन्दीप सेनको नेपाली एल्वम अनिरुद्ध आउने

काठमाडौ। भारतीय नागरिक सन्दीप सेन गुप्ताले नेपाली गीत गाएर त्यसको गीति–एल्वम निकाल्ने तयारी गरेका छन्। झण्डै झण्डै भारतीय गायक कुमार सानुको आवाजसँग आवाज मिल्ने गायक गुप्ताको नेपाली गीतमा निक्कै मोह रहेको पाइएको छ।
सोही मोहको कारण एल्वम निकाल्ने सोचमा ६ वटा गीत रेकर्ड गरेको गायक गुप्ताले भनेका छन्। चाँडै रिलिज गर्न लागेको गुप्ताको एल्वमको नाम अनिरुद्ध राखिएको छ। जुन एल्वमको मास्टरिङ्ग लगायत सीडीको संपूर्ण कार्य सिंगापुरमा भैरहेको छ।
सिंगापुरवाट अनिरुद्ध एल्वमको सीडी तयार भएर नेपाल आएपछि यही महिनाभित्र भव्य रुपमा विमोचन गर्ने सोच पनि गायक गुप्ताले गरेका छन्। जसमा नेपालका चर्चित संगीतकार अनिल शाहीको एकल संगीत रहेको छ। साथमा नेपालका प्रथम भाँग्रा गायक गोपाल श्रेष्ठको एक गीत पनि रहेको छ।
भाँग्रा गायक गोपाल श्रेष्ठ र संगीतकार अनिल शाहीको उत्प्रेरणा तथा सहयोगले एल्वम अनिरुद्ध निकाल्ने आफू अन्तिम तयारीमा रहेको गायक गुप्ताले भनेका छन्। एल्वम अनिरुद्ध भित्र नेपाल प्रेमको एक गीतको म्युजिक भिडियो पनि निर्माण गरिसकेको छ। त्यस गीतको बोल अनुसार नेपाल छाडेर परदेशिएका नेपालीको पीडा र पछि नेपाल नै फर्केको मार्मिक कथावस्तु प्रस्तुत गरिएको छ।
प्रकाशन मिति–२०७३ साल भदौ २४ गते शुक्रबार ।