अमेरिकी डलरको भाउमा सामान्य गिरावट, यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २७ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलरसहित केही प्रमुख मुद्राहरूको विनिमय दरमा झिनो गिरावट देखिएको छ।

राष्ट्र बैंकले निर्धारण गरेको पछिल्लो दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा कायम गरिएको छ। यस्तै, युरोपेली साझा मुद्रा युरो १ को खरिददर १७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा तोकिएको छ। बेलायती मुद्रा पाउण्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ १५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ९५ पैसा पुगेको छ। स्विस फ्र्याङ्क १ को बिक्रीदर १८९ रुपैयाँ ३८ पैसा र अष्ट्रेलियन डलरको बिक्रीदर १०६ रुपैयाँ १७ पैसा कायम भएको छ।

नेपाली कामदारहरूको प्रमुख गन्तव्य रहेका खाडी मुलुक र एसियाली देशका मुद्राहरूको विनिमय दर यस प्रकार रहेको छ:
कुवेती दिनार: १ को खरिददर ४९४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ६० पैसा
बहराइन दिनार: १ को खरिददर ४०३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ३५ पैसा।
कतारी रियाल: १ को बिक्रीदर ४१ रुपैयाँ ९४ पैसा।
साउदी रियाल: १ को खरिददर ४० रुपैयाँ ५५ पैसा र बिक्रीदर ४० रुपैयाँ ७१ पैसा।
युएई दिराम: १ को बिक्रीदर ४१ रुपैयाँ ६१ पैसा।
मलेसियन रिङ्गेट: १ को खरिददर ३७ रुपैयाँ ४० पैसा र बिक्रीदर ३७ रुपैयाँ ५५ पैसा।
त्यसैगरी, चिनियाँ युआन १ को बिक्रीदर २२ रुपैयाँ ५५ पैसा, जापानी येन १० को ९ रुपैयाँ ४५ पैसा र साउथ कोरियन वन १०० को बिक्रीदर १० रुपैयाँ १६ पैसा तोकिएको छ।

नेपाली मुद्रासँग स्थिर विनिमय दर रहेको भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत रहेको छ। नेपाल राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *