इस्लाम धर्मावलम्बीहरु बकर इद मनाउँदै, राष्ट्रपतिलगायत नेताव्दारा शुभकामना

bakrid

काठमाडौँ । इस्लाम धर्माबलम्बीहरुले आज महान पर्व बकर इद मनाइरहेका छन् । सोही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बकर इद पर्व— २०७३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बीको सुख, शान्ति, समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले आज एक शुभकामना सन्देश जारी गरी इस्लाम धर्मावलम्बीको महान् पर्व बकर–इद ९ऊल जोहा० का अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै भन्नुभएको छ, “विविध धार्मिक तथा सांस्कृतिक मान्यताको धनी मुलुकमा मनाइने यस्ता पर्वले सांस्कृतिक विविधतायुक्त देशमा राष्ट्रिय एकता, धार्मिक सहिष्णुता एवम् आपसी सद्भाव कायम गर्न योगदान पु¥याएका छन् ।”

भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाज कुनै पनि मुलुकको सभ्यता, सांस्कृतिक सम्पन्नता र पहिचानको जीवन्त सूचक भएको र सम्पूर्ण नेपालीले आफ्नो मातृभूमिको सभ्यता, सम्पन्नता र विविधतालाई जोगाउन आआफ्नो स्थानबाट प्रयास गर्नुपर्ने सन्देशमा उल्लेख छ ।

“सत्सङ्कल्प, सद्भाव, सद्विचार र सत्कर्मलाई नछोडी धार्मिक सहिष्णुता एवम् सद्भावलाई चिरकालपर्यन्त अक्षुण्ण राखी राष्ट्रिय एकता कायम गर्न सकौँ, बकर इद पर्वको पावन अवसरमा यही मेरो सबैमा हार्दिक शुभकामना छ”– राष्ट्र्पतिले सन्देशमा भन्नुभएको छ । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद ९इदुल जोहा० का अवसरमा स्वदेश एवम् विदेशमा रहेका इस्लाम धर्मावलम्बीलाई शुभकामना दिनुभएको छ ।

आज एक शुभकामना सन्देश दिँदै उहाँले विविध जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरूको अनुपम उदाहरण रहेको हाम्रो मुलुकको उन्नति, हित र अग्रगतिका साथै सबैका बीचमा हार्दिकता र ऐक्यबद्धता आवश्यक रहेको पनि उल्लेख गर्नुभएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनुुभएका अध्यक्ष ओलीले मुलुकलाई समुन्नत र समृद्ध बनाउनका लागि सबै समुदायका जनताको उत्तिकै योगदान आवश्यक रहेको सन्देशमा उल्लेख गर्नुभएको छ ।

उहाँले चाडपर्वहरूलाई पनि सामाजिक रुपान्तरण र समृद्धिसँग जोड्दै आफ्नो समुदायको उत्थानका लागि उपयोग गर्न उपयुक्त हुने उल्लेख गर्नुभएको छ ।

यसैगरी, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले इस्लामिक धर्मावलम्बीहरूको पवित्र पर्व एवम् महान चाड बकर ईद ९इदुल जोहा० का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाईमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश दिँदै नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको उल्लेख गर्दै उहाँले यस पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनहरूमा इस्लाम धर्मावलम्वी दिदीवहिनी तथा दाजुभाईहरूको महत्वपूर्ण योगदान रहँदै आएको बताउँदै सभापति देउवाले सन्देशमा लोकतन्त्रको रक्षार्थ मुस्लिम दिदीवहिनी तथा दाजुभाइहरू अझ बढी जिम्मेवार रहनुहुनेछ भन्ने आफूले विश्वास लिएको उल्लेख गर्नुभएको छ ।

यस्तै, मधेसी जनअधिकार फोरम नेपाल ९लोकतान्त्रिक० का अध्यक्ष विजयकुमार गच्छदारले इद ऊल जोहा ९बकर इद०का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबैमा सुख, शान्ति एवम् समृद्धिको कामना व्यक्त गर्नुभएको छ ।