अमेरिकी लडाकू विमानको आक्रमणमा ६० भन्दा बढी सिरियाली सैनिक मारिए, थुप्रै घाइते, अमेरिकाव्दारा दुःख व्यक्त,रुसले बोलायो सुरक्षा परिषद्को आपतकालीन बैठक

सिरिया । अमेरिकाले आफु नेतृत्वको गठबन्धनका लडाकू विमानहरुले भूलवश सिरियाली सैनिकमाथि हमला गरेकोप्रति दुख व्यक्त गरेको छ।
सो आक्रमणमा कम्तीमा ६० जना सिरियाली सैनिक मारिएको भन्दै रुसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको आपतकालीन बैठक डाकेको छ।
अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार पाइलटहरुले केही समयदेखि पछ्याइरहेको उनीहरुले इस्लामिक स्टेट आइएस विद्रोहीहरुको गढ भनी ठानेको स्थानमा हमला गरेका थिए।
तर रुसी अधिकारीहरुले त्यो सिरियाली सरकारी सेना तथा सवारी साधन भनी जानकारी गराउने वित्तिकै ती हमला रोकिएको अमेरिकी सेनाले बताएको छ।
रुसी सेनाले डेर अल जोर शहर नजिकै भएको उक्त हमलामा परी अन्य कैयौं घाइते भएको जनाएको छ।