संविधान दिवस विशेष समारोहमा राष्ट्रपति भण्डारी सहभागी

 

/fi6«klt e08f/L–g]kfnsf] ;+ljwfg 3f]if0ff– k|yd jflif{sf]T;jdf ;l/s /fi6«klt ljBfb]jL e08f/L / k|wfgGofofwLz ;'zLnf sfsL{ ;}lgs d~r 6F'l8v]ndf ;f]daf/ g]kfnsf] ;+ljwfg hf/L ePsf] k|yd jflif{sf]T;jsf cj;/df cfof]lht ljz]if ;df/f]xdf ;xefuL x'Fg'x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;
काठमाडौँ। नेपालको संविधान जारी भएको पहिलो वार्षिकोत्सवका अवसरमा आज यहाँ विशेष समारोह आयोजना गरिएको छ ।

संविधानसभामार्फत एकवर्ष अघि आजकै दिन संविधान जारी भएको थियो ।
संविधान दिवस मूल समारोह समितिद्वारा आज नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित समरोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक हुनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्की, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीगण, सांसदहरु, तीनवटै सुरक्षा निकायका प्रमुख समारोहमा उपस्थिति थियो । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेललगायत विभिन्न राजनीतिक दलका नेताको पनि सो समारोहमा उपस्थिति थियो ।

राष्ट्रपति भण्डारी समारोहस्थल उपस्थित हुँदा उहाँको सम्मानमा नेपाली सेनाले सम्मान गारथ अर्पण गरेको थियो । संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवम् प्रम दाहाल र गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मीले राष्ट्रपति भण्डारीलाई स्वागत गर्नुभएको थियो ।

समारोहमा राष्ट्रपति भण्डारी, समारोह समिति अध्यक्ष एवम् प्रम दाहाल प्रधानन्यायाधीश कार्कीले शान्तिको प्रतिक सेतो परेवा उडाउनुभएको थियो ।

नेपाली सेनाका दुईवटा हेलिकप्टरले पुष्पवृष्टि तथा संविधान दिवस–२०७३ लेखिएको ब्यानर समारोहमा प्रदर्शन गरेको थियो ।

सोही समारोहमा ज्ञात अज्ञात सहिदप्रति कार्यक्रममा एक मिनेट मौनधारण गरिएको थियो ।

असोज ३ गते ।