दशैंको बेला काठमाडौ उपत्यकामा नेपाली सेना र नेपाल प्रहरीवाट निःशुल्क बस सेवा

काठमाडौ। काठमाडौ उपत्यकामा दशैंको बेलामा सवारी साधनको अत्यन्त न्यून हुने तथा भाडाका सवारी साधन त्यति नचल्ने भएकोले यात्रुहरुको सुविधाको लागि नेपाली सेना र नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शनिबारबाट ३ रुटमा बिहान १० देखि बेलुका ७ बजेसम्म प्रहरीको गाडी नि:शुल्क चलेका छन्।
पहिलो रुटमा बा१ग २५९१ नम्बरको बस नक्सालबाट सुरु भई पुतलीसडक, माइतीघर, कुपन्डोल, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सहिदगेट, जमल, दरबारमार्ग हुँदै नक्सालसम्म सञ्चालित छ। दोस्रो रुटअन्तर्गत बा१ग २४७४ नम्बरको बस नक्सालबाटै सुरु भई मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, जमल, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, बालुवाटार हुँदै नक्सालसम्म र तेस्रो रुटमा बा१ग २६०८ नम्बरको बस सञ्चालन भइरहेको छ।
नक्साल, जयनेपाल, लैनचौर, सोह्रखुट्टे, बालाजु, नयाँबसपार्क, नारायणगोपाल चोक, सुकेधारा, चाबहिल, र रातोपुल हुँदै नक्सालसम्म चलेको छ। नेपाली सेनाले बिहान ११ देखि दिउँसो ४ बजेसम्म ८ रुटमा बस चलाएको छ।
प्रकाशन मिति–२०७३ साल असोज २३ गते आइतवार ।