निखिल उप्रेती रुद्रमा खलनायक बनेर आउने

maitrinews

nikhil_sanchita

काठमाडौ। अभिनेता निखिले उप्रेतीको होम प्रोडक्सन दि निखिल उप्रेती प्रोडक्सनवाट चलचित्र भैरबको अपार सफलता पश्चात नयाँ चलचित्र रुद्र निर्माण गर्ने घोषणा भएको छ।

निखिल उप्रेतीको सोलो लगानी हुने भनिएको चलचित्र रुद्रमा निखिल आफै भने नायक नहुने भएका छन्। नायकको सट्टा खलनायक तथा संगीतकार बनेर नयाँ अवतारमा चलचित्र रुद्र मार्फत आउन लागेको उप्रेतीले बताएका छन्। नायकमा भने नयाँ अनुहार मोडल विश्व शर्मालाई उनले डेब्यु गराउंदैछन्।

नायिकामा बेलायत बस्दैआएकी चार्टर एकाउन्टेनकी विद्यार्थी साराले अभिनय गर्ने भनिएको छ। निर्देशन रामजी लामिछानेको रहने भएको छ। रुद्रको छायाँकन मुस्ताङ्गको जोमसोम, कर्णाली, कोहलपुर र चितवन नारायणगढमा हुने भएको छ।

rudra-nikhil-upreti

प्रकाशन मिति–२०७३ साल कात्तिक ३ गते बुधवार ।