भेनेजुएलाको प्रतिपक्षी दलका नेता रोसेल्सलाई घरमै नजरबन्दको आदेश

bbc

कराकस । भ्रष्टाचार गरेको अभियोगमा झण्डै एक बर्षसम्म जेल सजाँय भोगेका भेनेजुयलाको प्रतिपक्षी दलका नेता म्यानुएल रोसेल्सलाई सर्वोच्च अदालतले घरमै नजरबन्दमा राख्न आदेश दिएको छ ।
अदालतले एक वक्तव्यमार्फत् उहाँलाई घरमै नजरबन्दमा राख्ने निर्णय सार्वजनिक गरेको हो ।
उहाँका छोरा कारलोस रोसेल्सले फोटो देखाउने सामाजिक सञ्जाल ‘इनस्टाग्राम’मार्फत् बुबालाई अङगालो हालेको फोटो सार्वजनिक गरेका थिए ।
उहाँ सन् २००६मा राष्ट्रपतिका लागि प्रतिस्पर्धा गर्नु भएको थियो ।