जापानमा शक्तिशाली भूकम्प र सुनामी, हजारौँ मानिसलाई सुरक्षित ठाउँमा सारियो

 

टोकियो । जापानमा मङगलबार बिहान ७ दशमलव ४ रेक्टर स्केलकोशक्तिशाली भूकम्प गएको छ। सो भूकम्पले जापानको उत्तरपूर्वी क्षेत्र फुकुसिमामा बढी प्रभावित भएको छ। प्रभावित क्षेत्रका हजारौँ मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ ।
प्रारम्भिक सूचनाअनुसार उक्त भूकम्पबाट अहिलेसम्म त्यति ठूलो क्षति पुगेको छैन। दुई जना घाइते भएका बताइएको छ।
मङ्गलबार बिहान ६ बजे भूकम्पको शक्तिशाली धक्का महसुश गरिएको थियो ।धक्कापछि लगत्तै फुकुसिमा र सो वरपरका क्षेत्रहरु मियागी, इवाता, आवोमोरीलगायतमा उद्धारका लागि सूचना जारी गरिएको थियो ।
त्यसलगत्तै आवोमोरी क्षेत्रमा सुनामी आएको थियो । जापानी भूगर्भ तथा जलवायू विभागले १।४ मिटरको सुनामी देखिएको जनाएको छ।
सो कारणले गर्दा उक्त क्षेत्रमा सुनामीको खतराको सूचना दिइएको समाचारमा जनाइएको छ। तर पछि भने सुनामीको असर देखा परेको छैन ।
भूकम्पपछि मङ्गलबार बिहान कैयौँ पराकम्पनको महसुश गरिएको छ । ती पराकम्पनका कारण पनि सुनामीको खतरा खतराको सूचना हटाइएको छैन ।
सो भूकम्प १० किलोमीटर मात्र गहिराइमा आएको उक्त एजेन्सीले जनाएको छ । ती प्रभावित क्षेत्रबाट अहिले बस्ती खाली गराइएको छ । र उनीहरुलाई सतर्कताका साथ रहन भनिएको छ।
अधिकारीहरुले उद्धारको कार्य गरिरेहका छन् । साथै क्षतिको पूर्ण विवरण आउन बाँकी नै रहेको उनीहरुले बताएका छन् ।
भूकम्पको धक्कापछि फुकुसिमाको एक पेट्रोलियम केन्द्रमा आगलागी भएको थियो । सो केन्द्रमा आगोलागेपछि त्यस वरपरका करिब ११ सय घर प्रभावित भएका छन्।
सन् २०११ मा जापानमा शक्तिशाली भूकम्पपछि सुनामी आउँदा १८ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो ।