सर्लाहीमा विभिन्न पार्टीका तीन दर्जन बढी एमालेमा प्रवेश

maitrinews

काठमाडौँ । नेकपा एमाले महासचिव ईश्वर पोख्रेलले सीमांकनका नाममा हिमाल, पहाड र तराईलाई अलग गर्ने षडयन्त्र आफुहरुलाई स्वीकार्य नहुने बताउनु भएको छ । एमाले प्रदेश नम्बर–२ को संगठन कमिटिको उदघाटन शत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ‘अहिले संविधान संशोधनका नाममा हिमाल, पहाड र तराईलाई अलग गर्ने खेल सुरु भएको छ,’उहाँले भन्नुभयोे, ‘एमाले त्यसलाई किमार्थ स्वीकार गर्दैन ।’
त्यसैगरी पोख्रेलले एमालेको स्थापना मधेसबाटै भएको भन्दै एमालेले मधेसलाई जननी ९आमा० मान्ने गरेको भन्दै कहिल्यै मधेस विरोधी हुन नसक्ने जिकिर गर्नुभयो । ‘कम्युनिष्ट पार्टीको सुरु चरण नै मधेसबाट भएको हो,’ उहाँले भन्नुभयो, ‘मधेस एमालेका लागि आमाको काख हो, आमाको काखलाई कसैले पनि अपमान गर्न सक्दैन ।’
उनले अंगीकृत नागरिकतावालालाई संवैधानिक निकायको उच्च पदमा लैजाने कुरा समेत अस्वीकार्य हुने दाबी गर्नुभयो । एमाले संविधान संशोधनको विरोधी नभएको भन्दै उहाँले एमाले अहिले ९० प्रतिशतले स्वीकार गरेको संविधान कार्यान्वयनको पक्षमा रहेको दाबी गर्नुभयो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी तीन दर्जन बढीले एमाले प्रवेश गरेका थिए । मधेसमा एमाले कमजोर भयो भन्ने आरोप लागिरहेका बेला मधेसमा एमाले प्रवेशको लहर चलेको भन्दै महासचिव पोख्रेलले तराईका जनताले एमालेबाट अझै धेरै अपेक्षा गरेको बताउनुभयो ।