एभरेष्ट बैंकले इन्डो–नेपाल रेमिटेन्सलाई सहज गर्ने

काठमाडौं । एभरेष्ट बैंकले ईन्डो–नेपाल रेमिटेन्सलाई सहज गर्ने भएको छ । उसले वभिन्न स्थानमा शाखा वृद्धिगरी योसेवालाई सहजिकरणर्ग लागेको हो ।
एभरेष्ट बैंकले नेपाल मै प्रथम पटक भारतको पंजाब नेशनल बंैकको कुनै पनि शाखाहरुबाट सजिलै “अनलाईन” माध्यमबाट नेपाल पैसा रकमान्तर गर्ने सेवा शूरुवात गरेको थियो । बैंकले भारतको पंजाब नेशनल बंैकको सहायतामा भारतमा काम गर्ने कामदारले आफ्नो मोबाईलबाटै ( पंजाब नेशनल बंैकको शाखामा नगैकन) एभरेष्ट बैंक, नेपालको कुनै पनि शाखा तथा दुर्गम क्षेत्रमा अवस्थित ५०० भन्दा बढी व्यावसायिक प्रतिनिधिहरुमा रकम पठाउन सक्ने व्यवस्था मिलाएको छ ।
एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।