टर्कीको रात्रिक्लवमा आतंकवादी आक्रमण,३५ जनाको मृत्यु ४० भन्दा बढी घाइते

इस्तानबुल । टर्कीको इस्तानबुल शहरस्थित रात्रिक्लबमा एकजना बन्दुधकारीले हमला गर्दा कम्तीमा ३५ जनाको ज्यान गएको छ।
उक्त हमलामा अन्य ४० भन्दा बढी घाइते भएको अधिकारीहरुले बताएका छन्।
टर्कीका धनी नागरिकहरुमाझ चर्चित रहेको रेयना रात्रिक्लबमा उक्त हमला भएको थियो।
टर्कीको इस्तानबुल सहरका गभर्नरले उक्त हमलालाई आतंकवादी भन्दै ज्यान गुमाउनेहरु मध्ये एक टर्कीका प्रहरी अधिकारी पनि रहेको जनाएका छन्।
अर्टाकोए क्षेत्रस्थित रेयना नामको रात्रिक्लबमा स्थानीय समय अनुसार रातिको साढे १ बजे हमला भएको थियो।
गभर्नरले उक्त हमलामा कम्तीमा एक हमलाकारी संलग्न भएको बताएका छन्।
स्थानीय टेलिभिजनहरुले ुसान्टा क्लसु को पहिरनमा रात्रिक्लब प्रवेश एकजना गरेका बन्दुकधारीले जथाभावी बन्दुक चलाएको खबरहरु दिएका छन्।