रिपब्लिकन सिनेटरहरुव्दारा विवादास्पद निर्णय फिर्ता, निर्वाचित राष्ट्रपति ट्रम्पलाई अर्को सफलता

वासिङ्टन । अमेरिकामा सांसदहरुको आचारसंहितासम्बन्धी एउटा स्वतन्त्र निकायको अधिकार कटौती गर्ने आफ्नो विवादस्पद कदम अमेरिकी संसदका रिपब्लिकनहरुले फिर्ता लिएका छन्।
उक्त योजनाको डेमोक्र्याटहरुले मात्रै नभइ रिपब्लिकन पार्टीबाट राष्ट्रपति निर्वाचित डोनल्ड ट्र्म्पले समेत आलोचना गर्नुभएको थियो।
पछिल्लो घटनाले रिपब्लिकनहरुलाई असामञ्जयपूर्ण अवस्थामा पुर्याएको छ र रिपब्लिकनहरुबीच एकता नरहेको सन्देश पनि दिएको छ।
ट्रम्पले रिपब्लिकनहरुलाई कर सुधार, स्वास्थ्य योजना तथा अन्य महत्वपूर्ण मुद्दामा केन्द्रित हुन सल्लाह दिनुभएको छ।
सांसदहरुले आचारसंहिता पालना गरे, नगरेको हेर्ने निकाय ुअफिस अफ कंग्रेसनल एथिक्स्ु को अधिकार कटौती गर्ने पक्षमा रिपब्लिकनहरुले मत दिएपछि त्यसको व्यापक आलोचना भएको थियो। संसदमा रिपब्लिकनहरु बहुमतमा छन्।
पछि एउटा आकस्मिक बैठकमा उक्त कदम उल्ट्याइयो।
थुप्रै सांसद जेल पर्ने गरी सार्वजनिक भएका श्रृखंलावद्ध घोटालापछि सन् २००८ मा सांसदहरुको आचारसंहितासम्बन्धी संसदीय समिति बनाइएको थियो।
पछिल्लो घटनामा ट्रम्पको हात माथि परेको कतिपयले विश्लेषण गरेका छन् किनकी उनीहरुकै शब्दमा संसदभित्रका आफ्नै पार्टीका नेतृत्वकर्तासंगको पहिलो संघर्षमा ट्रम्पले आफ्नो प्रभाव जमाउनुभएको छ ।