आइभरी कोष्टमा सैनिक विद्रोह, विद्रोही सैनिकसँग सम्झौता भएको राष्ट्रपतिको दावी

आइभोरी कोष्ट। आइभोरी कोष्टका राष्ट्रपति आलासान वाताराले विद्रोहमा उत्रिएका सैनिकसंग सम्झौता भएको बताउनुभएको छ।
तर विद्रोह साम्य भइ शान्ति पुनर्स्थापित भइसकेको हो कि होइन भन्ने स्पष्ट भइसकेको छैन।
तलब तथा सुविधाबारे तिनको माग विचार गरिने भन्दै उहाँले तिनलाई ब्यारेकमा फर्कन आग्रह गर्नुभयो।
तर केही सैनिकले रक्षा मन्त्रीलाई बुआके शहरमा नियन्त्रण लिए र पछि उहाँलाई छोडियो।
खासमा रक्षा मन्त्री विद्रोहीहरुसंग वार्ता गर्न आइभोरी कोष्टको दोस्रो ठूलो शहर बुआके जानुभएको थियो।
त्यहाँ सेनाको एक समूहले उहाँलाई घेरेर उनीहरुलाई कति र कहिले पैसा दिइने भनेर सोधपूछ गरे। केही घण्टापश्चात उहाँलाई त्यहाँबाट जान दिइयो।