इरानका पूर्वराष्ट्रपति राफ्सन्जानीको निधन

तेहरान । इरानका पूर्व राष्ट्रपति अक्बर हासेमी राफ्सन्जानीको ८२ वर्षको उमेरमा निधन भएको छ।
सन् १९८९ देखि १९९७ सम्म राष्ट्रपति भएका उहाँलाई हृदयघात भएको जनाइएको छ।
सन् १९७९ को क्रान्तिमा मुख्य भूमिका खेलेका उहाँ आफ्नो जीवनको उतरार्द्धमा अनुदार कट्टरपन्थीहरुका लागि एउटा चुनौती बन्नुभएको थियो ।
सैद्धान्तिक रुपमा फरक मत राख्ने सर्वोच्च नेता आयोतुल्लाह खामेनीले उहाँलाई सुखदुखको साथी भन्दै उहाँको निधनलाई कठिन र अपूरणीय क्षति भएको छ भन्नुभयो ।
पूर्व राष्ट्रपति राफ्सन्जानीको निधनमा तीन दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ।
तेहरानमा उहाँको अन्त्येष्टी गरिने दिन मंगलबार सार्वजनिक बिदाको घोषणा गरिएको छ।