आठजना धनीको सम्पत्ति विश्वको आधा गरिब जनसङ्ख्या बराबर सम्पत्ति

अमेरिका । संसारका आठजना सर्वाधिक धनाढ्य व्यक्तिहरुसँग विश्वको गरिब आधा जनसंख्या बराबर सम्पत्ति रहेको एउटा अन्तर्राष्ट्रिय परोपकारी संस्था अक्सफामले जनाएको छ।
आलोचकहरुले प्रश्न उठाएका उक्त जानकारी सुधारिएको तथ्यांकबाट प्राप्त भएको उक्त संस्थाले जनाएको छ र धनी र गरिबबीचको खाडल पहिले आशंका गरिएभन्दा निकै धेरै रहेको बताएको छ।
सबैभन्दा धनी ती आठ व्यक्तिहरुमा बिल गेट्स, मार्क जकरबर्ग र वारेन बफेट लगायतका धनाढ्यहरु पर्दछन्।
इन्स्टिट्यूट अफ इकोनोमिक एफेएर्सले भनेको छ, अक्सफामले त्यस्ता तथ्यांकहरुमा भन्दा आर्थिक वृद्धि गराउने उपायहरुमा ध्यान केन्द्रित गर्नु श्रेयस्कर हुनेछ।