गाम्बियामा नयाँ राष्ट्रपतिव्दारा शपथ, पराजित राष्ट्रपतिले सत्ता छाड्न नमानेपछि सैन्य कारबाहीका लागि सेनेगलको सेना प्रवेश

गाम्बिया । द गाम्बिया नयाँ राष्ट्रपति पदमा शपथ लिएका याड्मा ब्यारोको समर्थनमा सेनेगलका फौज द गाम्बियाको सीमाभित्र प्रवेश गरेका छन्।
संयुक्त राष्ट्रसंघले समर्थन गरेको उक्त क्षेत्रिय फौजले प्रतिरोधको सामना गर्नुपरेको थिएन।
पश्चिम अफ्रिकी क्षेत्रिय समूह इकोवासले गत महिनाको राष्ट्रपतीय चुनावमा हार बेहोरेका याया जाम्मेलाई कार्यभार छाड्नका लागि शुक्रबार दिउँसो १२ बजेसम्मको समय दिएको छ।
इकोवासले जाम्मेले पद छाड्न नमाने बल प्रयोग गरेर पनि हटाउने चेतावनी दिएको छ।
पूर्व राष्ट्रपति याया जाम्मेलाई सत्ता छाड्ने अन्तिम अवसर दिनका लागि द गाम्बिया प्रवेश गरेका फौजलाई अघि बढ्नबाट केही बेर रोक्किन आदेश दिइएको बताइएको छ।
१५ सदस्यीय संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले इकोवासलाई आफ्नो समर्थन दिए पनि पहिला राजनीतिक समाधानकै प्रयास हुनुपर्नेमा जोड दिएको छ।
यसअघि मरिससका राष्ट्रपति र जाम्मेबीचको वार्ता विफल भएपछि बिहीबार मध्यरातसम्म कार्यालय छाड्न दिइएको समयासीमा सकिएको थियो।