रेल दुर्घटनामा ३६ जनाको मृत्यु ,थुप्रै घाइत

maitrinews

आन्ध्र प्रदेश । भारतको आन्ध्र प्रदेशमा भएको रेल दुर्घटनामा कम्तिमा ३६ जनाको मृत्यु भएको र कैयौं मानिसहरु घाइते भएको अधिकारीहरुले बताएका छन्।
विजियानागरम जिल्लाको कुनेरु स्टेशन नजिकै रेलको नौ वटा डिब्बा र इन्जिन लीग बाहिर गएको इष्ट कोष्ट रेवलेका प्रमुख जेपी मिश्रले बताउनुभयो।
कैयौं मानिसहरु अझ पनि फँसेका छन् र उद्दारकर्ताहरुले मृतक संख्या बढ्ने चेतावनी दिएका छन्।
दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन।
दुर्घटना भएको क्षेत्र माओवादी गढका रुपमा चिनिन्थ्यो।
मिश्रले घाइतेहरुलाई स्थानीय अस्पतालमा लगिएको बताउनुभयो।
राष्ट्रिय रेलका प्रवक्ता अनिल सक्सेनाले आपतकालीन टीमले रातभर बाँचेकाहरुको खोजी गरेको बताउनुभयो ।