जिमखानामा सुन्दरीसंग कुस्ती खेल्नुको मज्जा

काठमाडौ । बेलायतमा एउटा जिमखाना यस्तो पनि छ, जुन दुनियाँका अरु सबै जिमखाना भन्दा फरक छ । उक्त जिमखानामा व्यायाम गर्न जाने पुरुषहरु त्यहाँ रहेका पेशेवर कुस्तीवाज युवतीहरुसँग कुस्ती खेल्नुपर्दछ।

Kusti Jim Khanaअचम्मको कुरा त के भने युवतीहरुसँग कुस्ती खेल्नका लागि पुरुषहरुले भटाभट रकम खर्चिरहेका छन् । जिमखाना धाउने पुरुषहरु युवतीहरु सँग कुस्ती खेल्न पाउँदा मख्ख पर्छन् । कुस्तीमा जित्ने उनीहरुको मनसाय हुँदैन, हारे पनि फरक पर्दैन।

मात्र कुस्तीवाज महिलाहरुको जिउले थिचिनुनै उनीहरुको लागि सबैभन्दा ठूलो व्यायाम बन्दछ । त्यसैले कतिपय पुरुष ग्राहकहरु युवतीहरुसँग कुस्ती खेल्न र युवतीहरुको लछारपछार सहन मात्रै पनि त्यहाँ पुग्दछन् ।

एकचोटी उक्त जिमखानामा गएर युवतीहरुसँग कुस्ती खेल्नका लागि डेढसय पाउण्ड अर्थात् झण्डै २० हजार रुपैयाँ तिनुपर्दछ । उक्त जिमखानामा १९ देखि ७० वर्षसम्मका ग्राहक आउने गरेका मालिक पिप्पा बताउँछन् । (समाचार एजेन्सीको सहयोगमा।)
प्रकाशन मिति–२०७३ साल माघ १६ गते आइतवार ।