वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले पहिले बलिङ गर्ने

काठमाडौं, १९ वैशाख । वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो टी–२० खेलमा नेपाले पहिले बलिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार सुरु भएकाे खेलमा वेस्टइन्डिज ए का कप्तान रोश्टन चेशले टस जितेर ब्याटिङ रोजेका हुन् ।

आज दीपेन्द्र सिंह ऐरीले खेलकाे कप्तानी गर्दैछन्। नियमित कप्तान रोहित कुमार पौडेललाई विश्राम दिइएको छ।

पाँच खेलको सिरिज १–१ को बराबरीमा छ । पहिलो खेल नेपालले जितेको थियो भने दोस्रो खेलमा वेस्ट इन्डिज विजयी भएको थियो ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी., अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द, कमलसिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *