विश्वभरका शरणार्थीलाई चार महिना अमेरिका प्रवेशमा रोक

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले, शरणार्थीहरुलाई १२० दिनअमेरिका प्रवेशमा रोक लगाउन ल्याइएको नयाँ नियमले राम्रोसँग काम गरिरहेको बताउनुभएको छ । ।
ह्वाइट हाउसमा सञ्चारकर्मीसँग बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
ट्रम्पले लगाएको प्रतिबन्धको प्रावधान अनुसार मुसलमान बहुल रहेका सात देशका स्थायी अनुमति लिएका मानिसहरुले भने अमेरिका बस्न पाउनेछन्।
तर जसले हाल अमेरिका छोडेका छन् उनीहरुले तत्काल फिर्ता हुन पाउने छैनन्।
स्थायी अनुमति लिएका केही त्यस्ता मानिसहरुका परिवार अमेरिकामै छन्।
तर तिनले अब अमेरिका फर्कन पुनः अर्को अनुमतिका लागि निवेदन दिनुपर्नेछ।
त्यस्ता निवेदनहरुलाई छुट्टाछुट्टै आधारमा हेरिने ह्वाइट हाउसले जनाएको छ। र, यो नियम लागू भइसकेको छ।
कतिपय त्यस्ता ग्रीन कार्ड अर्थात स्थायी बसोबासको अनुमति भएकाहरु अमेरिका जानका लागि उडान गर्नबाट ठाउँठाउँमा रोकिएका छन् भने कतिपय अमेरिकी विमानस्थल आइपुगेपछि हिरासतमा राखिएका छन्।
त्यसरी हिरासतमा पर्नेमा एकजना खालिद दर्विस हुन् जसलाई न्यूयोर्कस्थित जन एफ केनेडीमा उत्रनासाथ हिरासतमा राखिएको थियो।