नेपाली राजनीतिमा दीपेन्द्रकी प्रेमिका देवयानी

काठमाडौ। पूर्वपञ्चहरुको प्रभावशाली पार्टी राप्रपाका निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणाले भारतमा रहेकी छोरी देवयानीलाई नेपाली राजनीतिमा तानेका छन्।
राप्रपाको दोलखा जिल्ला समिति अन्तर्गत शैलुङ्गेश्वर गाउं इकाइ समिति मार्फत देवयानीलाई जिल्ला अधिवेशनका लागि क्षेत्रिय प्रतिनिधि बनाइएको छ। पशुपतिशमशेरले सिन्धुपाल्चोक जिल्लालाई आफ्नो राजनीतिको आधार बनाएपनि छोरीलाई भने दोलखावाट राजनीतिमा ल्याउनुको रहस्य भने खुलाइएको छैन्।
जिल्ला अधिवेशनको क्षेत्रिय प्रतिनिधि बनाइएतापनि अधिवेशनमा देवयानी गएकी छैनन्। वि.सं.२०५८ साल जेठ १९ गते भएको राजदरबार हत्याकाण्डको बेलामा मारिएका युवराज दीपेन्द्र शाहको प्रेमिकाको रुपमा निक्कै नै चर्चा पाएकी देवयानी राजदरवार हत्याकाण्डपछि विरक्तिएकी थिइन्।
त्यसको पाँच बर्षपछि देवयानीको वि.सं.२०६३ साल फागुन १० गते भारत मध्यप्रदेशका राजपरिवार सदस्य ऐश्वर्य सिंहसंग विवाह गरेर भारत बस्दैआएकी थिइन्। समाचार स्रोतका अनुसार देवयानीको श्रीमानसंग संवन्ध सुमधुर नरहेको चर्चा परिवारमाझ रहेको छ।
प्रकाशन मिति–२०७३ साल माघ १८ गते मंगलवार ।