विवाह मिलाउन आरजु बेलायतमा–छोरासंग खटपट

काठमाडौ। सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवा लडेर घाईते भएपछि लण्डनस्थित विलन्टन हस्पिटलमा उपचार गराईरहेको समाचार बाहिर आएको छ । फुटबल खेल्नेक्रममा लडेर ढाडमा चोट लागेपछि लन्डनस्थित विलिन्टन हस्पिटलमा उनको उपचार भईरहेको समाचार स्रोतले भनेको छ ।
जयवीरको अवस्था सामान्य भएपनि ढाडमा दुखाई बढेकाले डाक्टरले उनको ढाडको बिशेष जाँच गरेको थियो । बेलायतमै रहेका धेरैलाई जयवीर देउवा फुटबल खेलेर लडेको जानाकारी नभएको बताउछन । छोराको उपचारका लागि भन्दै नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा देउवा पत्नी डा.आरजु देउवा गतसाता देखि बेलायतमा रहेकी छन ।
आरजुको बेलायत भ्रमण छोराको उपचार भन्दा पनि छोराको विवाहको कुरा मिलाउन हो भन्ने देउवा निकवर्ती सूत्रहरुको भनाई रहेको छ। २२ बर्षको लक्का जवान भैसकेका देउवा पुत्र जयवीरलाई विवाहको बारेमा संझाउन र बुझाउन आरजु हाल त्यहाँ रहेको बुझिएको छ।
यसअघि आरजु बेलायत जांदा जयवीरलाई विवाहको प्रसंग उठाएकी थिइन्। त्यसवेला जयवीरले विवाहको कुरालाई इन्कार गरेका थिए। जसले गर्दा आमा–छोरा वीच खटपट भएको समाचार स्रोतले भनेको छ। यही कुरालाई मिलाउन आरजु बेलायत पुगेको स्रोतको दावी रहेको छ।
जयवीरले आमा आरजुको कुरालाई नमान्नुको पछाडि जयवीरको प्रेमसंवन्ध रहेको आशंका गरिएको छ। अर्कोतर्फ जयवीर आफैले आफ्नो विवाहको लागि म आफै तयारी गर्दैछु भन्ने कुराले पनि यसलाई पुष्टि गरेको छ। जयवीर बेलायतको युनिभरसिटी अफ योर्कमा राजनीतिशास्त्रमा अध्ययनरत छन ।
प्रकाशन मिति–२०७३ साल माघ २० गते विहीवार ।