देशको हितमा केन्द्रित भएर सबै अगाडि बढ्नुपर्छः सुजाता

काठमाडौँ । पूर्व उप–पप्रधानमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले देशलाई बलियो बनाउन अपराध र आतंकवादविरुद्ध कडा कानुन आवश्यक रहेको बताउनु भएको छ । जीपी कोइराला फाण्डेशनले काठमाडौँमा आयोजना गरेको ‘साइवर अपराधसम्बन्धी एक दिवसीय सचेतना मुलुक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले बलियो कानुन र त्यसको पालनाले मात्र देशमा दण्डहीनताको अन्त भई समृद्धिीतर्फको यात्रा सहज हुने बताउनुभयो । ‘देश बलियो बनाउने हो भने अपराध र आतंककारीले टाउको उठाउन नसक्ने गरी कानुन बनाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘अपराधी र आतंककारीले युवाहरूलाई तारो बनाएकाले पनि कानुन बलियो चाहिन्छ ।’
राष्ट्रभन्दा ठूलो कोही नहुने भन्दै सबैले देशको हितमा केन्द्रित भएर सबै अगाडि बढ्नुपर्ने बताउनु भयो । देशको हितका लागि कस्तो कानुन चाहिन्छ त्यो बनाउनुपर्छ । अपराध गर्ने र तारोमा पर्नेमा युवाहरू बढी भएकाले त्यसतर्फ गम्भीर नभए देशको भविष्य जोखिममा पर्ने बताउनुभयो ।
साइबर अपराधमा बढी युवाहरू प्रभावित पारेकोले त्यसविरुद्ध सबै मिलेर लड्नुपर्नेमा जोड दिनुभयो । आतंकारीहरूले समेत इन्टरनेटको दुरुपयोग गरी युवाहरूलाई आतंककारी गतिविधिमा प्रयोग गरेकोमा सबै गम्भीर हुनुपर्ने बताउनुभयो ।
जीपी कोइराला फाउण्डेशनकी अध्यक्षसमेत रहेकी कोइरालाले साइबर अपराधविरुद्ध कडा कानुन बनाएर लागू गर्नुपर्नेमा जोड दिइन् । कानुनको सही उपयोग र प्रहरी प्रशासनलाई प्रभावशाली बनाउन सके अपराध नियन्त्रण सहज हुने बताउनुभयो ।
कोइरालाले युवा लक्षित कार्यक्रम देशव्यापी बनाउने बताउनुभयो । गिरिजाप्रसाद कोइरालाले सधै युवाहरूबारे चिन्तन गर्नुभएको उल्लेख गर्दै युवालाई सक्षम र देशलाई समृद्ध बनाउनेतर्फ आफू खटिइरहने बताउनुभयो ।