स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउत पक्राउ

जनकपुर । स्वतन्त्र मधेस नाम दिएर अभियान चलाइरहेका सीके राउतलाई प्रहरीले जनकपुरमा पक्राउ गरेको छ ।
राउतलाई जनकपुर प्रहरीले आज साढे ३ बजे माछाबजारस्थित डेराबाट पक्राउ गरेको हो । सिरहा प्रहरीको आग्रहमा राउतलाई पक्राउ गरिएको जनकपुर प्रहरीले जनाएको छ । पक्राउ गरेलगत्तै राउतलाई सिरहा पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख लालमणी आचार्यले जिल्ला प्रहरी कार्यालय सिरहाले मुद्दाको अनुसन्धानको लागि पक्राउ गरी पठाइदिनू भनी गरेको अनुरोधका आधारमा उनलाई पक्राउ गरिएको बताउनुभयो ।
सप्तरी घर भएका राउत केही समययता जनकपुर बस्दै आएका थिए । राउतले केही साता अघि लहानमा आयोजित एक सभामा देश टुक्र्याउन अभिव्यक्ति दिएका थिए ।
प्रकाशन मिति–२०७३ साल माघ २० गते विहीवार ।