टाँस्सिएरै सुत्दा सात लाख आम्दानी

maitrinews

Prasang-sleeping-another

काठमाडौ । कुनै रासलिला नगरिकन कस्सिएर टाँस्सिएरै सुतेको भरमा महिनाको सात लाख रुपैया कमाउने काम चानचुनेको अवश्य होइन। सवैको लागि रोचक र अनौठो भएको छ। कस्सिएर टाँस्सिएर सुत्ने र सुताउने यस कार्यवाट अमेरिकाको टेक्सासकी ३७ बर्षिया जेनेट त्रेविनोले यति धेरै रकम कमाउने गरेको खुलासा भएको छ। उनले अन्जान व्यक्तिहरुलाई प्रेमपूर्वक आफ्नो अंगालोमा बेरेर सुताउनुपर्छ र रिल्याक्स महसुस गराउनुपर्छ।

यो कामका लागि जेनेटले प्रत्येक घन्टाको ७ हजार रुपैयाभन्दा बढी लिने गर्छिन् । सुरुमा उनले यसलाई पार्ट टाइम जबको रुपमा अपनाएकी थिइन् । तर उनीसँग सुत्न मानिसहरु ओइरिन थालेपछि यसैलाई आफ्नो प्रमुख पेशा बनाएकी छन् । हाल उनी एक हप्तामा १३ देखि २० घन्टासम्म विभिन्न उमेरका मानिसहरुलाई सुताउँछिन् । जेनेटसँग सुत्न ४० देखि ७० वर्षसम्मका पुरुषहरु बढि आउँछन् ।

तीमध्ये कति धेरै व्यक्तिहरुले कयौं वर्षदेखि कुनै स्त्रीलाई अंगालेका हुँदैनन् । अर्कोतर्फ आजको जमानामा मानिसहरु अनेक समस्या र तनावले घेरिएका हुन्छन् । जेनेटका एक व्वाइफ्रेन्ड पनि छन् । उनलाई आफ्नी प्रेमीकाले अपनाएको पेशाप्रति कुनै गुनासो छैन (समाचार एजेन्सीको सहयोगमा।)
प्रकाशन मिति–२०७३ साल माघ २३ गते आइतवार ।