माओवादीको युद्ध इसाईकरणका लागि थियो : मोहनचन्द्र अधिकारी

maitrinews

काठमाडौं । नेपालका नेल्शन मण्डेलाका रुपमा चिनिने झापा आन्दोलनका संस्थापक तथा एमाले वयोबृद्ध नेता मोहनचन्द्र अधिकारीले इसार्इकरणले देशलाई समाप्त पार्न खोजेको बताउनुभएको छ । केशरबहादुर बिष्ट नेतृत्वको हिन्दु राष्ट्र अभियानले राजधानीमा अयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले इसाइकरणका विरुद्ध सिंगो देश उकजुट हुनुपर्ने पनि वताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशीको एजेण्डा बाकेर युद्ध चलाएको र जातीय तथा क्षेत्रीय द्वन्द्व चलाएर देशलाई समाप्त पार्न खोजेको अधिकारीको भनाई थियो । ‘यिनीहरुको जनयुद्ध सबै पैसाका लागि थियो, इसार्इकरणका लागि थियो’ अधिकारीले भन्नुभयो ।

हिन्दु राष्ट्र अभियानमा सामेल भए पनि आफू एमालेमै रहेको उहाँको भनाई थियो । अभियानका संयोजक बिष्टले भने पूर्ववर्ती राप्रपा नेपालले आफ्नो एजेण्डा छोडेकाले आफूहरु संबैधानिक राजसंस्था र हिन्दु राष्ट्र ब्यूताउने अभियानमा लाग्नु परेको बताउनुभएको थियो ।