सिमानाका भएर भारतमा बेचिदै छन् नेपाली चेलीहरु — शेरबहादुर सिंह

maitrinews

 

कञ्चनपुरको झलारी नगरपालिकाका १६ वर्षीया रामवती बोहरा नाम परिवर्तनलाई ज्वाइँ नाता पर्ने प्रकाश मगरले आर्थिक प्रलोभनमा पारेर भारतको मुम्बई पु¥याए ।

मुम्बईको कोठीमा पुगेपछि रामवती एक भारतीय ग्राहकसँगै भागेर भारतकै जवलपुर पुगिन । अलपत्र परेका उनलाई भारतीय प्रहरीले महिला तथा मानवअधिकारका क्षेत्रमा क्रियाशील संस्थामार्फत माइती नेपाल कञ्चनपुरलाई बुझायो । रामवती जस्तै यहाँका अन्य चेली पनि यसरी नै पश्चिमी नाका गड्डाचौकी भएर भारतका विभिन्न ठाउँमा बेचिने गरेका छन् ।

चालु आवको आठ महिनामा कञ्चनपुरको विभिन्न सीमाक्षेत्रबाट भारतलगायत तेस्रो मुलुक जान लागेका १०५ चेलीको उद्धार गरिएको छ । आव २०७२÷७३ मा १५६ जना तथा आव २०७१÷७२ मा प्रहरीले सीमा नाकाबाट ९८ चेलीलाई घर फर्काएको तथ्याङ्क छ । भूकम्पपछि रोजगारीका महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पु¥याउने क्रम बढ्दै गएको छ ।

“रोजगारी छैन, भारतमा काम गर्न जान लागेका भन्छन्,” जिल्ला प्रहरी कार्यालयअन्र्गत महिला सेलका सपना ऐरी चौधरीले भन्नुभयो – “खुल्ला सीमा भएका कारण रोक्न गाह्रो हुने गरेको छ ।” पछिल्लो समय सिन्धुपाल्चोक, दोलखा, रसुवा, धादिङ, नुवाकोटलगायत जिल्लाका चेलीलाई रोजगारीका बहानामा भारत हुँदै तेस्रो मुलुक पु¥याउने दलाल सक्रिय भएका छन् ।

“हामीले शङ्कास्पद अवस्थामा भेटिएकालाई मात्रै सीमामा नियन्त्रणमा लिने हो,” उहाँले भन्नुभयो । भारतका विभिन्न सहर जाने सवारी साधनमाथि समेत निगरानी बढाउँदै आएको उहाँले बताउनुभयो । निगरानी र सुरक्षा सतर्कता बढाउन सके केही मात्रामा चेलीबेटी ओसारपसारमा कमी आउन सक्छ । “उद्धार गरिएका प्रायः भारतहुँदै पैसा कमाउने प्रलोभनमा परी तेस्रो मुलुकतर्फ जाने रहेका छन्,” ऐरीले भन्नुभयो ।

वैदेशिक रोजगारका नाउँमा चेलीलाई बेचबिखनका लागि लैजाने सञ्जाल मुलुकका दूरदराजका साथै भारतको राजधानी दिल्लीसम्म सक्रिय छन् । सीमा कटेपछि दलाललाई चहेको ठाउँसम्म पु¥याउन कुनै कठिनाइ हुँदैन । माइती नेपाल, कञ्चनपुरले सन् २०१६ मा पश्चिमी नाका गड्डाचौकी भएर लैजाँदै गरेको अवस्थामा ३३८ चेलीको उद्धार गरेको छ ।

माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जिल्ला अदालतमा सात र चितवनमा एक गरी आठवटा मानव बेचबिखन तथा ओसारपसारविरुद्धका मुद्दा चलिरहेको जानकारी दिनुभयो । “भारतभन्दा पनि तेस्रो मुलुक जाने चेलीको बढी उद्धार गरिएको छ,” उहाँले भन्नुभयो – “इजरायल, दुबइ, कुवेत, कतारलगायत मुलुक जानेको सङ्ख्या अत्यधिक छ ।” तीन सय ३८ जनामध्ये २१ जना दुबइ, १२ जना कुवेत, ११ जना किर्गिस्तान र १० जना इराक जान खोजेका पाइएको माइती नेपालका संयोजक भट्टले बताउनुभयो ।

“मानव ओसार पसार रोक्न सुरक्षा सतर्कता बढाउनतर्फ सरकार गम्भीर हुनु पर्छ,” उहाँले भन्नुभयो । सन् २०१६ को उद्धार तथ्याङ्क हालसम्मकै उच्च हो । माइती नेपालले सीमामा मात्रै नभएर भारतका विभिन्न सहरबाट समेत १३ जना चेलीको उद्धार गरी आफन्तको जिम्मा लगाएको छ । “भारतमा दलाल नेपाली चेलीलाई तेस्रो मुलुक पठाउन बढी सक्रिय रहेका पाइन्छ,” भट्टले भन्नुभयो ।

तेस्रो मुलुक जाने प्रायः चेलीसित कुनै कागजपत्र हुँदैन । “राहदानी समेत नरहेको पाइयो,” उहाँले भन्नुभयो – “दलालले तेस्रो मुलुकमा बढी आम्दानी हुन्छ भनेर परामर्श गरेर लग्ने गरेका छन् ।” भारतीय सीमा सुरक्षा र अन्य निकायबाट पनि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सहयोग पाउने गरेको उहाँको भनाइ छ ।

“सीमामा प्रहरीमात्रै भएर पुग्दैन,” संयोजक भट्टले भन्नभयो – “राज्यले सीमामा चेलीबेटी बेचबिखन नियन्त्रण गर्न छुट्टै निकाय स्थापना गर्नुपर्छ ।” त्यसैगरी काठमाडौँ–दिल्ली, पोखरा–दिल्लीसम्म सञ्चालनमा आएको लामो दूरीका बसमार्फत दलाललाई पछिल्लो समय सहज भएको उहाँ बताउनुहुन्छ ।

हाल कञ्चनपुरमा सुरक्षा संयन्त्रका साथै माइती नेपाल, थ्री एन्जेल, साना हातलगायत संस्था मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सक्रिय छन् । सीमामा उद्धार हुने र आफन्तको जिम्मा लगाउने काम भए पनि मानव बेचबिखनमा संलग्नलाई कानुनी दायरामा ल्याउन निकै चुनौतीपूर्ण रहेको भट्ट बताउनुहुन्छ । “मुख्य दलाल त भेटाउनै गाह्रो छ,” उहाँले भन्नुभयो – “ओसारपसारको जिम्मा पाएका व्यक्ति मात्रै समातिएका घटना छन्